Web Offer 1
▣ २०८३ असोज २१☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ असोज २१
⌂ गृह पृष्ठ|▤ समाचार

पर्सा प्रहरीको डिजिटल पहल : पर्यटकका लागि एकै QR कोडबाट घुम्ने ठाउँदेखि सुरक्षा सेवासम्मको

कलैया लाइभ AI सारांश

पर्यटन प्रवर्द्धनसँगै पर्यटकको सुरक्षा र सहजीकरणलाई लक्षित गर्दै प्रहरीले वेबसाइट र QR कोडमार्फत आवश्यक जानकारी उपलब्ध गराउने व्यवस्था गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले डिजिटल माध्यमबाट सूचना उपलब्ध गराउने व्यवस्थाले पर्यटक तथा सर्वसाधारणलाई आवश्यक जानकारी लिन सहज हुने बताएका छन्।

प्रहरीले यो पहलले पर्यटकको सुरक्षा र सहजीकरणसँगै पर्साको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरेको छ।

पर्सा प्रहरीको डिजिटल पहल : पर्यटकका लागि एकै QR कोडबाट घुम्ने ठाउँदेखि सुरक्षा सेवासम्मको जानकारी वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लामा आउने पर्यटक तथा सर्वसाधारणको सहजताका लागि डिजिटल पर्यटन सूचना सेवा सुरु गरेको छ। पर्यटन प्रवर्द्धनसँगै पर्यटकको सुरक्षा र सहजीकरणलाई लक्षित गर्दै प्रहरीले वेबसाइट र QR कोडमार्फत आवश्यक जानकारी उपलब्ध गराउने व्यवस्था गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अब जिल्लाका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा पर्यटकीय स्थल, ती स्थानमा पुग्ने समय, खाना तथा बासको सुविधा, होटल, रेस्टुरेन्ट तथा रिसोर्टका विवरणलगायतका जानकारी डिजिटल माध्यमबाट प्राप्त गर्न सकिनेछ।

त्यस्तै, पर्यटक तथा सर्वसाधारणले आफू रहेको वा जान चाहेको स्थानको Google Maps अवस्थिति, नजिकको प्रहरी कार्यालय तथा सम्पर्क नम्बर, अस्पताल र अन्य आवश्यक सेवाहरूबारे समेत जानकारी लिन सक्ने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार QR Code स्क्यान गरी parsatourism.pages.dev मा प्रवेश गरेपछि पर्साका पर्यटकीय स्थल, प्राकृतिक सौन्दर्य, विभिन्न गन्तव्य तथा पर्यटनसम्बन्धी आवश्यक जानकारी सहजै प्राप्त गर्न सकिन्छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले डिजिटल माध्यमबाट सूचना उपलब्ध गराउने व्यवस्थाले पर्यटक तथा सर्वसाधारणलाई आवश्यक जानकारी लिन सहज हुने बताएका छन्। प्रहरीले यो पहलले पर्यटकको सुरक्षा र सहजीकरणसँगै पर्साको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरेको छ।

टिप्पणी (0)