बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२, अमृतगञ्ज निवासी शिल्त महतोका छोरा अन्दाजी ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहा रहेका छन्।सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका अनुसार सोमबार सिम्रौनगढ नगरपालिका–६, सलेमपुर क्षेत्रमा उनलाई पक्राउ गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा बीओपी गोलागञ्जबाट खटिएको टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा कुशवाहालाई नियन्त्रणमा लिएको थियो।उनको साथबाट दुई थान कटुवा पेस्तोल, पाँच थान गोली तथा हिरो कम्पनीको एक थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रम मणि अधिकारीले जानकारी दिए। पक्राउ परेका कुशवाहालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको अधिकारीले बताए।घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
सिम्रौनगढमा दुई थान कटुवा पेस्तोल र पाँच गोलीसहित ५० वर्षीय कुशवाहा पक्राउ
बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२, अमृतगञ्ज निवासी शिल्त महतोका छोरा अन्दाजी ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहा रहेका छन्।सशस्त्र प्रहरी बल, नेपाल नं.
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा बीओपी गोलागञ्जबाट खटिएको टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा कुशवाहालाई नियन्त्रणमा लिएको थियो।उनको साथबाट दुई थान कटुवा पेस्तोल, पाँच थान गोली तथा हिरो कम्पनीको एक थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.
पक्राउ परेका कुशवाहालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको अधिकारीले बताए।घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


टिप्पणी (0)