Latest News from Terai Madhesh

पेट्रोल पम्पको शिल काटेर तेल बेच्ने पेट्रोल पम्पमा शिलबन्दी

पेट्रोल पम्पको शिल काटेर तेल बेच्ने पेट्रोल पम्पमा शिलबन्दी

हेटौँडा । हेटौँडास्थित शिवम् फ्युल सेन्टर (पेट्रोलपम्प) लाई शुक्रवार शिलबन्दी गरी बिक्री वितरणमा रोक लगाएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ ।

पेट्रोल पम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा रोक लगाएको हो । हेटौँडास्थित सो पेट्रोलपम्पले पम्पको मेसिनभित्र एसेम्बलीको शिल काटेर कानूनविपरीत पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइएकाले कारवाही गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले बताए ।

“नापतौल ऐन २०२५ विपरीत काम गरेको र आफ्नो इच्छाअनुसार शिल काटेर पेट्रोल, डिजल बिक्री वितरण गर्ने देखिएकाले सो पम्पमा कारवाहीका लागि शिलबन्दी गरिएको छ”, उनले भने“पम्पको डिजल र पेट्रोल दुवै मेसिनमा जाँच गर्दा एसेम्ब्लीको शिल काटिएको पाइएको थियो ।”

Loading...

Arun Sah Web Hosting