Latest News from Terai Madhesh

मधेसीका लागि खोलिएको आयोगमा मधेसीले नै सके साढे ३ करोड

काठमाडौं । विभेदमा पारिएका भनिएका मधेशी जनताको हकहीतका लागि भन्दै सरकारले स्थापना गरेको संवैधानिक मधेशी आयोगले गोष्ठी, भोजभतेर र अनुशिक्षण कार्यक्रममा नाममा साढे ३ करोड रुपैयाँ सिध्याएको छ ।

मधेसीका लागि खोलिएको आयोगमा मधेसीले नै सके साढे ३ करोड 

गत चैत ७ गतेदेखि डा. विजय कुमार दत्तले आयोगको अध्यक्षता गरिरहेको छन् । दत्त नेतृत्वको आयोगले आर्थिक वर्ष २०७५र७६ मा भित्रै अनुशिक्षण र गोष्ठीका लागि ३ करोड ५६ लाख ८१ हजार १ सय ६८ रुपैयाँ रकम खर्च गरेको छ ।

सोमबार ललितपुरस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले प्रदेश २ का ८ वटा जिल्ला, प्रदेश १, प्रदेश ५ र ७ मा गोष्ठी तथा अनुशिक्षण कार्यक्रमका लागि यो रकम खर्च गरेको जनाएको हो ।

रेडियोको जिंगल निर्माण र प्रसारणका लागि मात्रै आयोगले साढे ४ लाख रुपैयाँभन्दा बढी रकम खर्चेको छ । आयोगका लागि सरकारले अघिल्लो आर्थिक बर्षमा ५ करोड ९० लाख रुपैयाँ बजेट छुट्याईदिएको थियो । विनियोजित बजेटमध्ये १ करोड ५२ लाख १८ हजार ८ सय ३१ रुपैयाँ फ्रिज भएको आयोगले जानकारी दिएको छ ।

अघिल्लो कात्तिक २५ गतेदेखि नै कार्यालयसहित कार्यसञ्चालन गरेपनि आयोगले अहिलेसम्म पूर्णता पाएको छैन ।

Loading...

Arun Sah Web Hosting