Latest News from Terai Madhesh

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक, मेघगर्जनसहित पानी पर्ने

नेपाल भन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतिर सरिरहेकाले आइतबार साँझदेखि मनसुनी गतिविधि सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशभरको मौसम आशिंकदेखि सामान्य बदली हुने र केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम जनाइएको छ ।

महाशाखाकी मौसमविद् विभुति पोखरेलले भन्छन्, ‘अहिले तराई भू–भागभन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा आइतबार साँझसम्म तराई आसपास आइपुग्ने भएकाले आइतबार बेलुकीदेखि मनसुन केही सक्रिय हुने देखिएको छ ।’

यसैको प्रभावले केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए । महाशाखाका अनुसार अहिले देशभरीकै मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ । पहाडी भेगको केही ठाउँमा हल्का पानी परिरहेको छ ।

यस्तै आइतबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम किसिमको वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भागभन्दा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुनी गतिविधि कमजोर बनिरहेको छ । यो रेखा नेपालतर्फ सरेपछि कमजोर बनेको मनसुन सक्रिय हुनेछ ।

सोमबार पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने र राति पश्चिमको केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ ।

Read original article on nayapage.com

Loading...

Arun Sah Web Hosting