अन्तर्राष्ट्रिय

अमेरिकाको सपिङमलमा अन्धाधुन्ध गोलीप्रहार, २० जनाको हत्या

क्सास । अमेरिकाको टेक्सास राज्यस्थित एक सपिङमलमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २० जना मानिसहरु मारिएका छन् । सपिङमलभित्र रहेका अरु २२ जनालाई पनि गोली लागेको छ ।

अमेरिकाको सपिङमलमा अन्धाधुन्ध गोलीप्रहार, २० जनाको हत्या !

अमेरिका–मेक्सिको सिमादेखि केही माईल दुरीमा रहेको एल पासोस्थित सिएलो मलमा गोलाबारी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । प्रहरीले एकजना गोरा व्यक्तिलाई हिरासतमा लिएको र आक्रमणमा निजमात्र संलग्न भएको हुन सक्ने अनुमान गरेको छ ।

हिरासतमा लिईएका व्यक्ति २१ बर्षीय पैट्रिक क्रुसियस अमेरिकाकै डालास निवासी रहेको र कैयौं स्थानबाट यो बन्दुक आक्रमणसम्बन्धी प्रतिवेदनहरु प्राप्त भईरहेको प्रहरीले जनाएको छ ।

बन्दुक आक्रमणबाट ठूलो संख्यामा नागरिक हताहती भएपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुःख प्रकट गरेका छन् ।

Back to top button
Close