Latest News from Terai Madhesh

नगरपालिकाद्वारा गढीमाई मेलाको समिति चयन

महागढीमाई नगरपालिका बरियारपुर बाराले गढीमाई मेलाको समिति चयन गरेको छ ।
नगरपालिकाले वडा नं १ का वडा अध्यक्ष सुदामा साह कानुलाई मेला समितिको अध्यक्षमा चयन गरेको हो । नगरपालिकाको असार २० गते सम्पन्न नगर सभाले स्थानीय सरकार सञ्चालन ऐन अनुसार वडा अध्यक्ष साहलाई मेला सञ्चालन गर्न र व्यवस्थापन गर्न गराउन जिम्मेवारी दिएको हो ।
पञ्चवर्षिय मेलाको लागि विभिन्न उपसमिति समेत गठन गरिने नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताए । उनले भने स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगर भित्र पर्ने मठ, मन्दिर, पार्टी पौवा, ऐताहासिक धरोहारहरूलाई संरक्षण सम्बर्द्धन गर्न ऐनमै स्पष्ट उल्लेख गरेकाले नगर सभाबाट गढीमाई मेलाको सञ्चालन व्यवस्थापन गर्न लगाएका हौ ।

गढीमाई मन्दिरलाई पर्यटकिय स्थलको रूपमा विकास गर्नको लागि नगरपालिकाले लगानी गर्दै आएको आंउदो दिनमा पनि लगानी गर्ने भन्दै नगर प्रमुख यादवले भने स्थानिय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडा अध्यक्षको नेतृत्वमा समिति चयन गरिएको हो ।
चांडै नै उपसमितिहरू पनि चयन गरिने र मेला लगाउने कार्य अगाडि बढाईने नगर प्रमुख यादवले भने लाखौको संख्यामा भक्तालुहरू मेला भर्न आउने गरेकाले बाटोघाटो, मनोरञ्जन स्थल, आकस्मिक सडक, स्वास्थ्य शिविर, ट्राफिक व्यवस्थापन, भक्तालुहरूको सुरक्षाको लागि सम्बन्धित निकायहरूसंग छलफल गरिने छ ।
मन्दिरमा चढने भेट्टीको विगतको दिनहरूमा भए झै यसपटक त्यसरी नभई सुरक्षामा राखिने र चढाईएको भेटीबाट गढीमाई मन्दिरको विकास गरिने नगर प्रमुख यादवले बताए ।
Loading...

Arun Sah Web Hosting