Latest News from Terai Madhesh

रोहितसँग विवाद छैन – विराट

एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले विश्वकपपछि टिममा आएको भनिएको विवादको बिषयलाई अस्विकार गरेका छन् ।

वेस्ट ईन्डिजविरुद्व खेल्न जानु अघि उनले विवादका विभिन्न अड्कल बाजीलाई अस्विकार गरेका हुन् । विराटले टिममा राम्रो वातावरण नभएको भए आफुहरु राम्रो खेल्न नसक्ने समेत बताए ।

उनले जुनियर कुलदीप यादव र सिनियर महेन्द्रसिंह धोनीलाई गरिने व्यवहार हेर्न समेत आग्रह गरे । कोहलीले भने, ‘हामीले सधै रोहितको प्रशंसा गरेका छौ । यस्ता अफवाहले कसैको राम्रो हुदैन ।’

भारतीय टिमले करिब एक महिना वेस्ट ईन्डिजमा बताउने छ । अगस्ट ३ बाट खेलको सुरुवात हुनेछ ।

ईङ्ल्याण्डमा भएको विश्वकपको सेमिफाईनलमा न्युजिल्याण्डसंग पराजित भएपछि भारतीय टिममा रोहित र विराटको सम्बन्धमा खटपट सुरु भएको समाचार सार्वजनिक भएको थियो ।

कप्तान विराटले रोहितसंगको सम्बन्धलाई लिएर आएको समाचारमा कुनै सत्यता नभएको समेत बताएका छन् ।

उनले भने, ‘हामीबीच कुनै झगडा छैन । यदी मैले कसैलाई मन पराउँदिन भने त्यो मेरो अनुहारमा देखिन्छ । मैले समेत पछिल्लो समय केही कुरा सुनिरहेको छु । यदी टिममा राम्रो वातावरण ठिक नभएको भए हामी राम्रो खेल्न सक्दैन थियौ ।’

प्रशिक्षक रवि शास्त्रीले समेत भारतीय टिम भित्र कुनै विवाद नभएको बताएका छन् । उनले समेत कुनैपनि ब्यक्ती टिम भन्दा ठुलो नहुने बताए ।

कप्तान विराटले टिमको अवस्था ठिक नभएको अवस्थामा आफुहरुले राम्रो क्रिकेट खेल्न नसक्ने समेत बताए ।

‘यदी टिमको अवस्था ठिक छैन भने हामीले पछिल्लो दुई तीन बर्षमा जसरी खेलेका छौ, त्यसरी खेल्न सक्दैन थियौ । हामी ड्रेसिङ रुमको अवस्था याद गछौ । हामीले टेष्टमा समेत ७ नम्बरबाट १ नम्बरसम्मको यात्रा तय गरेका छौ । वान डेमा समेत हामीले शानदार खेल खेलेका छौ । यदी टिममा सबै अवस्था ठिक हुन्थेन भने हामी राम्रो खेल्न सक्दैन थियौ ।’ उनले भने ।

Read original article on khelpati.com

Loading...

Arun Sah Web Hosting