मुख्य समाचारराजनीति

नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता र २ छोरीसहित युएई प्रस्थान

काठमाडौं, १४ साउन– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार विहान संयुक्त अरब इमिरेट्स ‘युएई’ प्रस्थान गर्नुभएको छ।

अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल, छोरी रेणु र गंगा दाहालसहित युएई प्रस्थान गर्नुभएको हो ।

प्रचण्ड पत्नी सीताको इच्छाअनुसार प्रचण्ड परिवारले युएईको भ्रमण तय गरेको हो ।

प्रचण्ड ५ दिनसम्म युएईमा रहने जनाइएको छ । युएई भ्रमणका क्रममा त्यहाँ रहेका केही नेपालीसँग सामान्य भेटघाट हुने संभावना रहेपनि कुनै राजनीतिक भेटघाट भने नहुने प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

Read original article on chakrapath.com

Back to top button
Close