Latest News from Terai Madhesh

ठुलो परिमाणमा गाँजासहित वीरगञ्जबाट चार भारतीय पक्राउ

वीरगञ्ज : पर्सा प्रहरीले चार जना भारतीय नागरिकलाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्लाको बिशुनपुर ३ का ३१ वर्षीय नुर महमद हुसेन, मोतिहारीकै  फुलवरिया ११ का ३२ वर्षीय असलम आलम साईन, सोही ठाउँका २८ वर्षीय ईर्शाद साइन र मोतिहारी सितलपटीका ३० वर्षीय सुनिल साह रहेका छन् ।

उनिहरुलाई वीरगन्ज महानगरपालिका–२५ ड्राइपोर्ट बहुअरीबाट ८९ केजी गाँजा र भारतीय नम्बर प्लेटको बोलेरो गाडीसहित उनिहरुलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान बहुअरी स्थित सडकमा  चेकजाँचका क्रममा बीआर २८ जी २७७० नम्बरको बोलेरो गाडीको तल फल्स बटम बनाई लुकाई राखेको अवस्थामा गाँजा फेला पारेको हो । गाडीबाट ५० वटा पोकामा रहेको ८९ केजी गाँजा बरामद भएपछी गाडीसहित उनिहरुलाई नियन्त्रणमा लिईएको पर्साका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

उनिहरुले मकवानपुरको मनहरीबाट गाँजा खरिद गरी ल्याएको खुलेको प्रहरीले बताएको छ । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

Read original article on barakhabar.com

Loading...

Arun Sah Web Hosting