Latest News from Terai Madhesh

गढीमाई मन्दिर संचालन तथा बिकास समितिको चुनाव उच्च अदालत जनकपुरद्धारा स्थगित

बाराको एतिहासिक एवम बिश्व प्रसिद गढीमाई मन्दिर संचालन तथा बिकास समितिको साउन ११ गते समपन गरिने चुनाव उच्च अदालत जनकपुर , अस्थायी ईजलास बिरगंजले बुधबार स्थगित गरेका छन ।

बिवादित आजिवन सद्स्यहरुलाई समेत मान्यता दिइ समपन गर्न लागिएको साउन ११ गतेको निर्वाचन हाललाई स्थगित गरिएको शाखा अधिकृत सुरेन्द्र कुमार शार्माले बताउनु भयो । प्रस्तुत बिषयमा निबेदक महागढीमाई नपा २ निवासी प्रभु प्रसादले बिपक्षी श्री गढीमाई मन्दिर संचालन तथा बिकास समितिलाई आजिवन सद्स्यता बितरण प्रक्रियामा अनियमितता भएको भनी उच्च अदालत बिरगंज रिट दायेर गरेको थिए ।

आवश्यक संख्यामा छानबिन समिती गठन गरि रिट निबेदनमा उल्लेख भएका रसिद बाहेका आजिवन सद्स्यहरुको नामवली एकिन गर्ने र निबेदनमा दाबी लिएका रसिद न ८५९४, १२४५२,१२४६०, र १२४६३ नम्बरको रसिदबाट प्रदान गरिएको आजिवन सद्स्यहरुको नेपाली नागरिकताको प्रतिलिपी सहितको बिवरण फारम सल्गन गराई भाद्र १० गते सम्म आजिवन सद्स्यहरुको नामवली प्रष्ट पार्ने उच्च अदालतले आदेश दिएको छ ।

सद्स्यहरु यकिन भइसके पछि भाद्र १५ गते सम्म निर्वाचन प्रयोजनको लागी सद्स्यहरुको अन्तिम नामवली प्रकाशित गर्ने गराउने तथा अन्तिम नामवली प्रकाशित भैइसकेपछी निर्वाचन समिती गठन गरि भाद्र मसान्तसम्म निर्वाचन समपन हुने गरि निर्वाचन प्रक्रिया प्राम्भ गर्न समबन्धित बिकास समितिलाइ आवश्यक निर्देशन दिने जारी आदेशमा उल्लेख गरिएको छ ।

त्यसैगरी बिरगंज उच्च अदालतले गढीमाई मन्दिर संचालन तथा बिकास समितिको बिधानको धारा १६ को उओ धारा ९ २० बमोजिम असोज महिना भितेअ नियमी साधारण सभा गर्ने गराउने तर्फ अनुगमन गर्ने र निर्देशन समेत दिइने भनी साउन ८ गते अन्तिम आदेश दिएको उच्च अदालत जनकपुरको शाखा अधिकृत सुरेन्द्र कुमार शार्माले बताउनु भयो ।

Loading...

Arun Sah Web Hosting