Latest News from Terai Madhesh

बिपि कोइराला को ३७ औं स्मृति दिवसको अवसरमा फलफुल बितरण

बिपि कोईरालाको ३७ औं स्मृति दिवसको अवसरमा बिपि अध्ययन प्रतिष्ठान बारा कलैयाले मंगलबार कलैया अस्पतलमा रहेका उपचारर्थ चालिस जना बिरामीहरुलाई फलफुल बितरण गरेको छ ।

पुर्व जिबिस सभापति राजेन्द्र यादवको प्रमुख्य आथित्यमा सम्पन्न सो कार्यक्रममा नेबिसंघका निवर्तमान सहमामन्त्री राजेश रौनियार, नेबिसंघ बाराका जिल्ला अध्यक्ष राकेश पाण्डे, नेपाली काङ्ग्रेस बाराका जिल्ला सदस्य प्रमोद यादव, विद्यार्थी नेता बिनय राज शर्मा, प्रेस युनियन बाराका अनिल गुप्ता, बिपि अध्यन प्रतिष्ठान बाराका कार्यवाहक अध्यक्ष राहुल गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कलैया अस्पतालका मेसु त्रिभुवन चन्द्र झाको पनि उपस्थिती रहेको थियो ।

Loading...

Arun Sah Web Hosting