बारा समाचारमुख्य समाचार

पसहा पुल नजिक निर्माणधिन बांध अविरल बर्षाको कारण पुर्ण रुपमा ध्वस्त

बाराको महागढीमाई नगरपालिका १० पसहा पुल नजिक निर्माणधिन बांध अविरल बर्षाको कारण पुर्ण रुपमा ध्वस्त भएको छ ।

लगातार चार दिन देखी भएको भारी बर्षाले पसहा नदिमा पानीको सतह बढदै गएपछी निर्माधिन बांधको भौतिक संरचनामा क्षती पुग्नुको साथै बर्षाको पानीले निर्माण सामग्री बालुवा, सिमेन्ट, छड, सेटृन्ङ्ग्को समानहरु पुरिएको बांध निर्माणका ईन्जिनियर जिवन खनालले बताए ।

बिगत दुई बर्ष अगाडि स्वछन्द बानिया मोतिदान जे भि हेटौंडाले नेपाल सरकार संग २५ करोडमा समझौता भएको थियो । बिभिन बाधा अर्चन ,अवरोधको कारण निर्माणको काम ढिलो शुरु भएको निर्माण कम्पनीको ठेकेदार सुरेन्द्र महतोले बताउनु भयो । बांध निर्माणको काम २५ ५ मात्र समपन भएको बाकी काम हुन बाकी रहेको महतोले बताए ।

अविरल बर्षाको कारण बांध निर्माणका काम रोकिएको छन भने त्यसमा कार्यरत कामदारहरुलाई सुरक्षित स्थानमा लगिएको छन । बांध निर्माणले पसहा नदिको पानीको सतहलाई कन्ट्रोल गरि पानीलाई नहरमा पुर्याउने सिचाइ गर्ने उदेश्यले बांध निर्माणकार्य हुन लागेको छन ।

अविरल बर्षाको कारण बांधमा भौतिक क्षती पुगेकोले दुई तीन महिना पछि मात्र बांध निर्माणकार्य शुरु गर्ने निर्माण कम्पनीको सुरेन्द्र महतोले बताए ।

Back to top button
Close