बारा समाचारमुख्य समाचार

बाराको अमलेखगञ्जमा बस दुर्घटना, २२ घाईते, पाँच गम्भिर

बाराको जीतपुरसिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । जसमध्ये पाँचजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

गम्भिर घाईतेमध्ये एकजनाको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको छ भने अन्यको वीरगञ्जमा उपचार भैरहेको छ । घाईते अन्यको सिमरा र वीरगञ्जका बिभिन्न अस्पतालमा उपचारका लागी पठाईएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले बताए ।

हेटौँडाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ५ ख ३८९५ नम्बरको मिनिबस जीतपुरसिमरा उपमहानगरपालिका २२ अमलेखगञ्ज स्थित दुई नम्बर पुल नजिकै सडकबाट करिब ५० मिटर तल खसेर सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

२२ यात्रु रहेको सो बस तिब्र गतिका कारण अनिन्त्रीत भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

Read original article on barakhabar.com

Back to top button
Close