Latest News from Terai Madhesh

२५ मिटर फराकिलो बनाउन बजार क्षेत्रमा विवरण संकलन सुरु, सातजना कर्मचारी फिल्डमा

हेटौँडा र वीरगन्ज बजार क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग चौडा गर्ने क्रममा भत्किने संरचनाहरूको क्षतिको तथ्यांक राख्न क्षेती संकलन कार्य सुरु भएको छ । हेटौँडा बजार क्षेत्रको संरचनाहरूको क्षतिको तथ्यांक पछि वीरगन्ज बजार क्षेत्रको क्षतिको तथ्यांक संकलन कार्य हुने छ ।

डिभिजन कार्यालय हेटौंडाले राजमार्ग क्षेत्रमा पर्ने घरटहरा, तथा अन्य संरचनाहरुको विवरण संकलन गर्न सुरु गरेको डिभिजन सडक कार्यालय हेटौँडाले जनाएको छ ।

पटक पटक अभिलेख संकलन गर्ने प्रयास भएपनि कार्य सफल रुपमा सुरु भएको कार्यालयले जनाएको छ । हेटौँडा क्षेत्रको लगत संकलनको लागि सात जना कर्मचारी खटाएको र पछि वीरगन्ज क्षेत्रको लगत संकलनको गर्ने सडक डिभिजन कार्यालय हेटौँडाका सूचना अधिकारी अजयारम अधिकारीले बताए ।

हेटौंडाको त्रिभुवन राजपथ र पूर्ब पश्चिम राजमार्ग अन्तरगत पर्ने संरचनाको आंकडा अभिलेख संकलन सुरु गरिएको उनको भनाई रहेको छ सडकको केन्द्र रेखादेखि दायाँ, बायाँ २५(२५ मिटर भित्रका संरचनाहरूको हुन सक्ने क्षतिको विवरण संकलन गर्ने कार्य गरिएको उनको भनाई रहेको छ ।क्षतिको विवरण संकलन अन्तरगत जग्गाको कित्ता नम्बर, घर धनीको नाम, संरचनाको अवस्थासहितको विवरण संकलन सुरु गरिएको हो । यस संकलनबाट राजमार्ग चौडा गर्ने क्रममा भत्किने क्षेत्रमा पर्ने निजि घरहरू, सरकारी भवनहरू, मठमन्दिर तथा चौतारोहरू, होटलहरू के कति पर्ने भन्ने तथ्यांक बाहिर आउनेछ ।

हेटौंडाको मुख्य राजमार्गमा पर्ने संरचना भत्काउनका लागि संघिय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय हेटौंडाले असार ७ गते फेरी सूचना जारी गरेको थियो । पटक(पटक सूचना जारी गरेपनि पूर्व(पश्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकको दायाँ बायाँ २५ मिटर सडक बिस्तार गर्न सकेको छैन।

एशियन हाइवेको मापदण्डअनुसार सडक बिस्तारको काम आफूहरूले सुरु गर्न थालेकोले सरकारले अघि सारेको योजनामा सकारात्मक सहयोगमा गरिदिन अधिकारीले आग्रह गरे । यता वीरगन्ज उद्योग बाणिज्य संघ अध्यक्ष गोपाल केडियाले सडक बिस्तार कार्य अन्तरगत १५(१५ मिटरमात्र भत्काएर बाईपासको बाटो ब्यवस्थित गर्नुपर्ने धारण अघि सार्दै आएका छन् ।

Read original article on yatradaily.com

Loading...

Arun Sah Web Hosting