Latest News from Terai Madhesh

वीरगन्ज महानगरपालिकाले कुनै चासो नदेखाएकोले रानिघाटका व्यवयासी आक्रोशित-फोटो फिचर सहित

 वीरगन्जको रानिघाट पुल देखि घण्टाघर सम्म सडक वर्षै देखि जिर्न रहेको भएता पनि वीरगन्ज महानगरपालिकाले सडक बनाउन कुनै चासो नदेखाएको रानिघाटका स्थानिय व्यवयासीले आरोप लगाएका छन ।वीरगन्ज सगर मुकाम भएकोले ३ वटा नगरपालिका र १० वटा गाँउपालिकाका लाखै मानिस दैनिकी सगरमुकाम कामले आवतजावत गर्ने बाटो रहेको भएता पनि वीरगन्ज महानगरपालिकाले कुनै चासो नदेखाएकोले स्थानियहरुको आरोप रहेको छ ।सम्झौता अनुसार सहरी विकाशले आगामी असोजभित्र काम सकिनुपर्छ । तर, अहिलेसम्म सडक बनाउने काम हुन सकेको छैन ।यता ठेक्दारले सडक अतिक्रमण गरेको जग्गा वीरगन्ज महानगरपालिकाले खाली गराउनु पर्ने महानगरले खाली नगाराएको कारण हामीले काम गर्न नसकेको बताए ।सडक जथा भावि टुटफुट भएको कारण पानी परेको समयमा हिलाम्मे हुन्छ भने पानी नपरेको समयमा धुलोले बसिनसक्नु हुन्छ । त्यसैले सडक छेउछाउका बासिन्दा र व्यवयासी आक्रोशित छन । ‘सडक छेउका व्यवसायीहरू बिहानदेखि बेलुकीसम्मै पसल खोलेर बस्नुपर्छ । तर, धुलो र हिलोले ग्राहक नै आउँदैनन,’ रानीघाटका बिजुलु पसल ब्यपारी नुरआलमले भने, ‘व्यापार नहुँदा व्यवसायीले सटरको भाडा, बैंकको ब्याज र नगरपालिकाको कर कसरी तिर्न सक्छ ।’ उनले यसलाई वीरगन्ज महानगरपालिकाले गम्भीर रूपमा नलिए हामी व्यवसायी सडकमा आउने चेतावनीसमेत दिए ।

Loading...

Arun Sah Web Hosting