Latest News from Terai Madhesh

मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु

सप्तरी । सकरदही पुलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी नगरपालिका–११ सखुवा बस्ने २५ वर्षीय अर्जुनराम रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । सो दुर्घटनामा परी गम्भिर घाइते अर्जुनरामलाई उपचारको लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

हनुमाननगरबाट भारदह जानेक्रममा स ४ प ८६२ नं को मोटरसाइकल हनुमानगर कङ्कालनी नगरपालिका– २ स्थित सकरदही पुलमा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

Loading...

Arun Sah Web Hosting