Latest News from Terai Madhesh

भारतको पुणेमा पर्खाल भत्कँदा पुरिएर १५ जनाको मृत्यु

महाराष्ट्र । भारतको महाराष्ट्र प्रदेशको पुणेमा घरको पर्खाल भत्किँदा १५ जनाको ज्यान गएको छ । ठूलो वर्षाका कारण पुणेको कोढवामा घरको पर्खाल भत्किएको हो ।

भारतको पुणेमा पर्खाल भत्कँदा पुरिएर १५ जनाको मृत्यु 

घरको कम्पाउण्डको पर्खाल भत्किनुमा निर्माण कम्पनीको दोष रहेको अधिकारीहरुले जनाएका छन् । धेरैजसो बिहार पश्चिम बंगालबाट आएका मजदुरहरूले ज्यान गुमाएकाे स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

निर्माणाधीन हाउजिङसँगै मजदुरहरु बसेको सानो टहरामाथिको पर्खाल भत्किएको थियो । अहिले उद्धार र राहत कार्य जारी रहेको छ । पछिल्लो केही घण्टादेखि मुम्बईलगायत महाराष्ट्रका धेरै ठाउँमा भारी वर्षा भैरहेको छ ।

Loading...

Arun Sah Web Hosting