Latest News from Terai Madhesh

प्रचण्डलाई चिढ्याउनेगरि ज्ञवालीले फाले नयाँ अस्त्र

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीको मार्गदर्शक सिद्धान्तको बारेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिढ्याउनेगरि नयाँ अस्त्र फालेका छन् ।

प्रचण्डलाई चिढ्याउनेगरि ज्ञवालीले फाले नयाँ अस्त्र 

यद्धपी उनले नेकपाले अवलम्बन गर्ने सिद्धान्तका विषयमा कुनै विवाद नरहेको बताए । मदन भण्डारी बौद्धिक मञ्चले आयोजना गरेको ‘समाजवादउन्मुख अर्थ व्यवस्था, आजको आवश्यकता’ विषयको गोष्ठीमा उनले पार्टीको अबको महाधिवेशनले मार्गदर्शक सिद्धान्तका बारेमा टुङ्गो लगाउने बताए ।

नेकपाको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ वा ‘जनताको जनवाद’ विषयमा विवाद बढिरहेको भन्ने खबर आइरहेका बेला मन्त्री ज्ञवालीले सिद्धान्तका कारणले नेकपामा कुनै समस्या नआउने बताए ।

उनले पार्टीमा कुनै वैचारिक अन्योलता नरहेको जिकिर गर्दै कम्युनिष्ट अन्दोलनका विषयमा कुनै प्रश्न आएमा उत्तर खोज्न तयार रहनुपर्ने बताए । उनले मदन भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्तका कारण सङ्कटमा पर्दै गइरहेको कम्युनिष्ट आन्दोलनले सार्थकता पाउन सकेको बताए ।

“मदन भण्डारीले अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनका कमजोरीलाई समेत औँँल्याउन सफल हुनुभयो”, उनले भने, “माक्र्सवादको सिद्धान्तलाई सिर्जनात्मक ढङ्गले विकास र प्रयोग गर्नमा जोड दियो ।”

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका ज्ञवालीले भण्डारीकै नीति र सिद्धान्त अवलम्बन गरेकै कारण नेपालमा कम्युनिष्ट पार्टीको लोकप्रियता उच्च रहेको बताए ।

Read original article on nepalpana.com

Loading...

Arun Sah Web Hosting