Latest News from Terai Madhesh

सिमराको म्याट्रेस उद्योगमा लागेको आगो छ घण्टापछी नियन्त्रणमा

सिमरा : बाराको जीतपरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित एक म्याट्रेस उद्योगमा लागेको आगो नियन्त्रमा आएको छ ।

स्थानिय किसन श्रोष्ठले सञ्चालन गरेको म्याट्रेस उद्योगमा राती करीब ११ बजे लागेको आगो बिहान पाँच बजे मात्रै पुर्ण रुपमानियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

आगो निभाउन जीतपुरसिमरा उपमहानगरपालिका, सिमरा बिमानस्थल, नेपाल आयल निगम, कलैया उपमहानगरपालिका र वीरगञ्ज गरी पाँचवटा वारुण यन्त्र रातभर खटिएका थिए ।

वारुणयन्त्रसँगै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र उद्योगका कर्मचारीहरुको सहयोगमा आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय सिमराका ईन्चार्ज डिएसपी गोबिन्द पुरीले बताए । उनका अनुसार उद्योगको (बोईलर रुम) नरिवलको जटा प्रशोधन गर्ने स्थानमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतीको बिवरण आईनसकेको प्रहरीले बताएको छ ।

Read original article on barakhabar.com

Loading...

Arun Sah Web Hosting