Latest News from Terai Madhesh

भारु दुई सयको नोट नेपालमा नचलाउने मन्त्रीपरिषदको निर्णय

काठमाडौं । सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ ।

भारु दुई सयको नोट नेपालमा नचलाउने मन्त्रीपरिषदको निर्णय

मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपियाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो ।

नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपियाँका नोट प्रचलनमा छैनन् ।

त्यसैगरी बैठकले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यस्ता ऋण सरकारले तिरिदिने उनले बताए । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

Loading...

Arun Sah Web Hosting