Latest News from Terai Madhesh

मेयर सरावगीलाई कुटने चौरसिया ६ घंटामै छुटे

वीरगन्ज– वीरगन्जका मेयर विजयकुमार सरावगी र उनी अबद्ध समाजवादी पार्टीका स्थानीय नेताबीच कुटाकुट भएको आरोपमा पक्राउ परेका अजय चौरसिया ६ घंटामै छुटेका छन ।

पर्सा क्षेत्र नम्बर १ बाट निर्वा्चित सांसद प्रदिप यादवको पहलमा ६ घंटामै छुटेका छन । वीरगन्ज श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय जडान भएको सिसिटिभी क्यामेरा उद्घाटन गर्न बुधबार बिहान मेयर सरावगी पुगेका थिए । सोही कार्यक्रम उपरान्त सुरु भएको भनाभन हात हालाहालसम्म पुगेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार सिसिभिटी क्यामराको उद्घाटनपछि विद्यालय परिसरमा निर्माणाधीन प्रादेशिक पुस्तकालयको अवस्थाबारे चाँसो राख्दै सरावगीले महानगरपालिकासँग समन्वय नगरी काम गरिएकोमा असन्तोष जनाएका थिए । मुख्यमन्त्री लालबाबु राउतले गद्दी पुस्तकालयमा ५० लाख बजेट दिनु र महानगरसँग समन्वय नगर्नु गलत भएको सरावगीले भनेपछि पार्टीका स्थानीय नेता अजय चौरसियाले प्रतिवाद गरेका थिए । पार्टी्भित्रकै आन्तरिक विवादमा हात हालाहाल भएर सतहमा आएको हो ।

‘चौरसिया र मेयरबीच भनाभन हुँदै विवाद चर्किएपछि उनीहरुबीच कुटाकुट भएको पर्सा प्रहरीले जानकारी गराएको थियो । घटनास्थल रहेको राष्ट्रिय विद्यापीठ पुगेर वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको टोलीले चौरसियालाई पक्राउ गरेको थियो चौरसियालाई सांसद प्रदिप यादवको पहलमा ६ घंटा पछि चौरसिया छुटेका हुन् । बिहान करिब साढे ९ बजे भएको घटना उनले ३ बजेतिर छुटे ।

Read original article on yatradaily.com

Loading...

Arun Sah Web Hosting