Latest News from Terai Madhesh

विश्वकप क्रिकेट : सेमिफाईनल पुग्न पाकिस्तानले न्युजिल्याण्डलाई जित्नैपर्ने

काठमाडौं । बेलायतमा जारी आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगितामा आज पाकिस्तानको भविष्य निर्धारण हुँदैछ ।.

विश्वकप क्रिकेट : सेमिफाईनल पुग्न पाकिस्तानले न्युजिल्याण्डलाई जित्नैपर्ने 

सेमिफाईनलसम्म पुग्नका लागि पाकिस्तानले आज न्यूजिल्याण्डलाई पराजित गरी बाँकी सबै खेल जित्नुपर्ने भएको छ । न्युजिल्याण्डले पनि सेमिफाईनलमा पुग्नका लागि पाकिस्तानलाई हराउनुपर्ने हुन्छ ।

विश्वकपको यात्रामा अघि बढ्नका लागि जीतको खोजीमा रहेका यी दुवै टोलीबीचको सनसनीपूर्ण प्रतिष्पर्धा नेपाली समयअनुसार आज दिउँसो सवा तीन बजेदेखि शुरु हुनेछ ।

न्युजिल्याण्डले जारी विश्वकपमा खेलेका ६ मध्ये ५ खेलमा जीत हात पारेको छ भने भारतसँगको खेलमा बर्षा भएपछि अंक बाँडेको छ ।

पाकिस्तानले भने ६ खेलमा २ जीत हात पारेको छ भने बाँकी खेल हारेको छ । तर, विश्वकपमा पाकिस्तानी टोली जहिल्यै पनि अनिश्चित टोली हो र सनसनीपूर्ण जीतका लागि पाकिस्तानी क्रिकेट चर्चित छ ।

Loading...

Arun Sah Web Hosting