Latest News from Terai Madhesh

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

ढाका । बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् ।

बंगलादेशमा रेल दुर्घटना, ४ जनाको मृत्यु, सय जना घाइते

दुर्घटनाग्रस्त रेल सिलेट शहरबाट राजधानी ढाकाका लागि प्रस्थान गरेको थियो । स्थानीय समयानुसार आइतबार राति लिकबाट बाहिरिएपछि रेल दुर्घटनामा परेको अधिकारीले जनाएका छन् ।

पछिल्लो केही दिन यता सिलेट र ढाका जोड्ने प्रमुख पुल भत्केपछि रेलमा यात्रुको चाप बढि हुने गरेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । रेल दुर्घटना भएपछि छानबिनका लागि समितिसमेत गठन गरिएको जनाइएको छ ।

Read orginal article on nepalpana.com

Loading...

Arun Sah Web Hosting