मुख्य समाचारसप्तरी समाचार

हावाहुरीले सप्तरीमा दलितका ४१ घर उडायो

राजविराज । मंगलबार आएको हुरीबतासले सप्तरीको शम्भुनाथ र खडक नगरपालिका क्षेत्रमा  झुपडी नै उडाएपछि स्थानीय दलितहरुको बिचल्ली भएको छ ।

हावाहुरीले सप्तरीमा दलितका ४१ घर उडायो 

शम्भुनाथ नगरपालिकाको कनकपट्टि, मोहनपुर, कचन्दाहालगायतका दलित बहुल बस्तीका ४१ घर हावाहुरीले उडाएको छ । हावाहुरीले यी तीन गाउँका दलित बस्तीका ११ घर पूर्ण रुपले क्षतिग्रस्त पारिदिएको छ भने ४१ वटा घरको छाना उडाएको र एक सय भन्दा बढी घरमा क्षति पुगेको छ।

‘हुरीबतासले घरको छानोमा हालिएको जस्तापाता र लत्ताकपडा नै  उडाएर लगेको र अन्नपात समेत भिजेर काम नलाग्ने भएको दुखेसो स्थानीयले पोखेका छन् । हावाहुरीपीडितलाई खान र बस्न नै समस्या परेको छ ।

हुरीबतासले खडक र शम्भुनाथ नगरपालिकामा गरी करिब १० लाख रुपैयाँ बराबरको क्षति पु-याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।  हुरीबतासका कारण बिजुलीको ३१ वटा पोल र दुई ट्रान्सफर्मरमा समेत क्षति पुगेको नेपाल विधुत प्राधिकरण सप्तरीले जनाएको छ ।

Read original article on nepalpana.com

Back to top button
Close