Latest News from Terai Madhesh

विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानबीच भीडन्त

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज कट्टर प्रतिष्पर्धी राष्ट्र भारत र पाकिस्तानबीच खेल हुँदैछ । जारी विश्वकपमा यो खेल नै सबैभन्दा सनसनीपूर्ण र सानदार हुने अनुमान छ ।

विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानबीच भीडन्त !

भारत र पाकिस्तान एक–आपसमा कट्टर छिमेकी दुश्मन मुलुक हुन् । त्यही दुश्मनीको छायाँ खेलकुद प्रतियोगितामा पनि पर्ने गर्छ । खेलाडीभन्दा पनि समर्थकहरुमा त्यस्तो भावना अत्याधिक देखिन्छ । त्यसैले म्यानचेस्टरको मैदानमा हुने आजको खेललाई विश्वका करोडौं मानिसहरुले प्रतिक्षा गरिरहेका छन् ।

भारतीय टीमको कप्तानी विराट कोहलीले गरेका छन् भने सरफराज अहमदले पाकिस्तानी टीमको कप्तानी सम्हालेका छन् । नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि यी दुई चीर प्रतिष्पर्धी टोलीबीच खेल शुरु हुनेछ । पटक–पटक युद्ध लडेका देशबीच हुने खेललाई पनि युद्धकै रुपमा लिने गरिन्छ ।

प्रतियोगिताको सुरुआती दुई खेलमा दक्षिण अफ्रिका र अष्ट्रेलियाबिरुद्ध भारतीय पक्षको प्रदर्शन सबै क्षेत्रमा उत्कृष्ट थियो । तर, शिखर धवनको अनुपस्थिति र पाकिस्तानी फाष्ट बलर मोहम्मद अमिरको सानदार लयका कारण भारतीय ओपनिङमा सहज नहुन सक्छ ।

भारतको सुरुआत रोहित शर्मासँग केएल राहुलले गर्नेछन् । तर, खाली रहेको चौथो नम्बरमा दिनेश कार्तिक या विजय शंकरलाई जिम्मा दिनेबारे निर्णय भइनसकेको बताइएको छ ।

पाकिस्तानले इंग्ल्याण्डविरुद्ध अविश्वसनीय जित हासिल गरेको थियो । त्यसपछि उसले टाउनटनमा अष्ट्रेलियासँग ४१ रनले पराजित भयो । अष्ट्रेलियाबिरुद्धको खेलमा पाकिस्तानी बलरहरुले पारीको बीचबाट उत्कृष्ट पुनरागमन गरेका थिए । तर, ब्याट्सम्यानको कमजोर प्रदर्शन नै उसको हारको कारक बन्यो ।

अरफराज अहमदले अनुभवी सोएव मलिकको स्थानमा ह्यारिस सोहेललाई सुरुआती ११ मा सामेल गर्नेबारे बिचार गर्न सक्नेछन् । मलिकले प्रतियोगिताका ३ खेलमा फ्लप छन् ।

विश्वकपको हेड टू हेडको कुरा गर्ने हो भने भारत पूर्ण हावी छ । सन् १९९२ यता यी दुईबीच विश्वकपमा ६ पटक भिडन्त भएकोमा पाकिस्तानले अहिलेसम्म जित्न सकेको छैन । एकदिवशीय अन्तर्राष्ट्रियमा भने यिनीहरुले १३१ पल्ट खेलेकोमा पाकिस्तानले ७३ पल्ट जितेको छ ।

सरफराज अहमदको नेतृत्वमा रहेको पाकिस्तान जुनसुकै टिमलाई हराउने क्षमता राख्छ । सन् २०१७ मा इंग्ल्याण्डमै भएको च्याम्पियन्स ट्रफी फाइनलमा भारतविरुद्ध निकालेको १ सय ८० रनको जितको आत्मविश्वासलाई कायमै राखेर मैदानमा उत्रनेछ । पछिल्लो समय भारत र पाकिस्तान एसिया कपमा खेलेका थिए, जहाँ भारत विजयी भएको थियो ।

बहुप्रतीक्षित खेलमा सबैभन्दा चिन्ताको विषय वर्षा हो । बिहानको समयमा घाम लागे पनि मध्याह्नपछि म्यान्चेस्टरमा भीषण वर्षाको सम्भावना छ । दोस्रो ब्याटिङ गर्ने टिमले म्यान्चेस्टरको पछिल्लो पाँचमध्ये ४ खेलमा जित हासिल गरेको छ ।

वर्षाको सम्भावना भएकाले यस खेलमा पनि त्यस्तै नतिजा आउन सक्छ, त्यसैले टस जित्ने कप्तानले सम्भवतः फिल्डिङ रोज्नेछन् ।

Loading...

Arun Sah Web Hosting