Latest News from Terai Madhesh

विषालु सर्पले टोक्दाँ कन्हैयाको मृत्यु

सर्लाही । विषालु सर्पले टोक्दा सर्लाहीमा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका ८ का २५ वर्षीय कन्हैया साह रहेका छन् ।
विषालु सर्पले टोक्दाँ कन्हैयाको मृत्यु

बिहीबार अपरान्ह १२ बजेतिर घरमै साहलाई विषालु सर्पले टोकेको थियो । सर्पले डसेर घाईते भएका साहको परिवारका सदस्यहरूले गाउँमै धामी झाँक्रीकोमा झारफुक गराएका थिए ।

झारफुकबाट निको नभएपछि मृतक साहलाई उपचारको लागि सर्लाही अस्पताल मलंगवामा राति २ बजेतिर ल्याएको थियो । मृतक साहलाई समयमै अस्पताल नपुर्याइएकोले राति ल्याएको केहि बेरमै ज्यान गएको उपचारमा संलग्न सर्लाही अस्पतालका हेल्थ असिस्टेन्ट जितेन्द्र साहले बताए ।

गर्मी बढेसँगै सर्लाहीमा सर्पदंशका विरामी बढेका छन् । सर्पदंशका कारण सर्लाही हालसम्म २ जनाको ज्यान गइसकेको छ भने दैनिक १५देखि १६ जनासम्म सर्पदंशका बिरामी उपचार गराउन अस्प्ताल आउने गरेको सर्लाही अस्पतालका ईमरजेन्सी ईन्चार्ज सि.अ.हे.ब नथुनी महतोले बताए ।

Read original article on nepalpana.com

Loading...

Arun Sah Web Hosting