Latest News from Terai Madhesh

दूधमा बेसार मिसाएर खानुस्, देखिन्छ शरीरमा यस्तो परिवर्तन

काठमाडौं । बेसार र दूधमा प्राकृतिक एन्टिबायोटिक हुन्छ । यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ । छाला, पेट तथा अन्य रोगका लागि बेसार र दूधलाई मिसाएर सेवन गर्न सकिन्छ ।

दूधमा बेसार मिसाएर खानुस्, देखिन्छ शरीरमा यस्तो परिवर्तन

एक गिलास दूधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुनुका साथै हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छन् । रगत पातलो बनाउन पनि सहयोग गरेर रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न बेसार र दूधले सहयोग गर्दछ ।

बेसार र दूध मिसाएर खाँदा शरीरका हड्डी स्वस्थ तथा मजबुत हुनुका साथै जोर्नी दुख्ने तथा बाथरोगका समस्या पनि हट्छ । दूध र बेसार मिलाएर सेवन गर्ने हो भने पखला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन् ।

चिसोका कारण रुघाखोकी लागेको छ भने बेसार तथा दुध मिसाएर खाएमा यसले औषधिको रुपमा काम गरेको हुन्छ । शरीरमा भएको अनावश्यक बोशोलाई कम गराएर मोटोपन घटाउनका लागि पनि यसको प्रयोग गर्न सकिन्छ ।

यसको नियमित सेवनले शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने समस्या पनि कम गर्ने गर्दछ । बेसारमा दूध मिलाएर अनुहारमा लगाउने वा पिउने गर्नाले यसले हाम्रो अनुहारलाई सफा पारेर छाला चम्किलो बनाउन मद्दत गर्छ ।

यसका साथै छालासम्बन्धी हुने विभिन्न समस्याबाट पनि सजिलै छुटकारा पाउन सकिन्छ । दूध र बेसारको नियमित सेवनले गर्दा महिनावारी भएको बेलामा पेट दुख्ने समस्या तथा गर्भवती भएको अवस्थामा रगत बग्ने समस्यालाई पनि कम गर्दछ ।

Read original article on nepalpana.com

Loading...

Arun Sah Web Hosting