Latest News from Terai Madhesh

सलमान विरुद्ध अभिव्यक्ति दिँदा सोना महापात्रलाई ज्यान मार्ने धम्की

मुम्बई। सोना महापात्रालाई सलमान खानका एक फ्यानले ज्यान लिने धम्की दिएका छन्। गायिका सोना महापात्रलाई इमलेमार्फत मार्ने धम्की दिइएको भारतीय संचारमाध्यमले जनाएका छन्। सोनाले आफूलाई मार्ने धम्की दिइएको सामाजिक संजाल ट्विटरमार्फत सार्वजनिक गरेकी हुन्।

सोनाले इमेलको स्क्रीन शट शेयर गर्दै लेखेकी छन्, ‘यसरी मलाइ दैनिक धम्की दिइन्छ।’

सोनालाई मार्ने धम्की अम्मार राशिद नामका व्यक्तिले दिएका हुन्। अम्मारले सोनालाई मार्ने धम्की दिँदै लेखेका छन्, ‘तिमीले फेरि एक पटक सलमान खान विरुद्ध केही भन्यौ भने म तिम्रो घरमा आएर मारिदिन्छु। यो अन्तिम चेनावनी हो।’

Such & such mails come my way regularly , from the followers of this ‘hero’ of bad behaviour. 👇🏾This beacon of ‘human’ values who inspires such serial toxic behaviour is actually claiming the title of #Bharat , drawing parallels with our great nation, nothing lesser. @NCWIndia pic.twitter.com/8cxH6vtZyg

— SONA (@sonamohapatra) May 28, 2019

सोनाले सलमान खानको नाम नदिइ ट्विट गरेकी छन्। उनले ट्विट गर्दै लेखेकी छन्, ‘सधैं नकारात्मक व्यवहार गर्ने भारत फिल्मका हिरोका एक फ्यानले मलाइ मार्ने धम्की दिएका छन्। र, यस्ता धम्कीपूर्ण मेल मलाइ लगातार आइरहेका छन्।’

सोनालाई मार्ने धम्की उनले सलमान खान विरुद्ध दिएको एक अभिव्यक्तिपछि आएको भारतीय संचारमाध्यमले जनाएका छन्। आफ्नो फिल्म भारतको प्रमोशनका क्रममा सलमानले प्रियंकाले निकसँग विवाह गर्नकालागि आफ्नो करियरको ठूलो फिल्म छोडेको टिप्पणी गरेका थिए।

Cus @priyankachopra has better things to do in life, real men to hang out with & more importantly, girls to inspire with her journey. 🤟🏾🔴

— SONA (@sonamohapatra) May 26, 2019

सलमानको उक्त भनाइपछि सोनाले प्रियंकाको पक्ष लिँदै ट्विट गरेकी थिइन्। ट्विटमा सोनाले लेखेकी थिइन्, ‘प्रियंको चोपडासँग उनको जीवनमा गर्न धेरै कुरा छ। उनको यात्राले अन्य युवतीलाई प्रेरणा दिन्छ।’

सेना सधैं आफ्नो भनाइ खुलेर राख्ने गर्छिन्। उसअघि पनि उनले बलिउडका दिग्गज कलाकार विरुद्ध अभिव्यक्ति दिइसकेकी छन्। त्यसबाहेक सोनाले अर्को एउटा ट्विट गर्दै सलमानप्रति आक्रोश व्यक्त गरेकी छन्।

A showcase & poster child of toxic masculinity. Low brow dig at not only a woman who was not in the room but a disgusting disregard & contempt for the woman & colleague sitting next to him in the same room. Unless we call out such serial bad behaviour, nothing changes, #India .🔴 https://t.co/NuEmOWQl12

— SONA (@sonamohapatra) May 27, 2019

उनले सलमानको आलोचना गर्दै लेखेकी थिइन्, ‘पोस्टरमा तपाइँ आफ्नो पुरुषोत्व देखाउनुहुन्छ। तर नजिकै बसेकी महिलाप्रति तपाइँको मनमा कुनै इजजत छैन। जबसम्म यस्ता मानिस सुध्रिदैनन् तब सम्म देश सुध्रिदैन।’

Read original article on dcnepal.com

Loading...

Arun Sah Web Hosting