सुचना / प्रविधी

विश्वको सबैभन्दा खतरनाक भाइरस भएको ल्यापटपको भयो अनलाइन लिलामी

अमेरिका । वैज्ञानिक खोज र अध्ययनको तीव्र विकासले विश्वलाई सकारात्मक र नकारात्मक असर परिरहेकै छ । पछिल्लो समय कम्युटर प्रोग्रामको प्रयोग गरेर साइबर हमला बढीरहेको छ । क्रिप्टोकरेन्सीको फैलावटसँगै पासवर्ड हराउनु, भाइरस अट्याक हुनु जस्ता आपराधिक क्रियाकलाप दिनानुदिन बढीरहेको छ ।

यस्तैमा विश्वकै खतरनाक ल्यापटप १०.२ इन्चको सामसुङ एनसी१०(10.2-inch Samsung NC10-14GB)को अनलाइन लिलाम भएको छ । यो ल्यापटप १३ लाख डलरमा विक्री भएको हो ।

A laptop filled with six of the world’s most dangerous viruses is on sale for more than $1 millionको लागि तस्बिर परिणाम

यस ल्यापटपले हालसम्म विश्वभरमा करीब ९५ अर्ब डलरको नोक्सान गरेको तथ्यांक सार्वजनिक भएको छ । यस ल्यापटपमा विश्वका सबैभन्दा खतरनाक ६ वटा भाइरस भेटिएको छ । ल्यापटपलाई एयरग्याप अर्थात् इन्टरनेटबाट पूर्णतया अलग राखिएको छ । यो ल्यापटपलाई सुरक्षित राख्न पोर्ट पनि डिसेबल गरिएको छ । यो विन्डोज एक्सपी ल्यापटपलाई कलाकारिताको रुपमा बेचिएको छ । यसलाई ‘द पर्सिस्टेन्स अफ चाओस’ नाम दिइएको छ ।

ल्यापटपमा ‘वान्ना क्राई’ जस्ता खतरनाक भाइरस

इन्टरनेट आर्टिस्ट कुओ ओ टङले अमेरिकी साइबर सुरक्षा कम्पनी डीप इन्स्टिंक्टसँग मिलेर यसलाई बनाएको हो । यो ल्यापटपमा डीप इन्स्टिंक्टले नै खतरनाक भाइरस सप्लाई गरेको हो । यो ल्यापटपमा ‘वान्ना क्राई र्यानसमवेयर’ जस्तो खतरनाक भाइरस छ । यो भाइरसले सन् २०१७ को मेमा १५० देशको दुई लाख वटा भन्दा बढी कम्प्युटरमा असर पुर्याएको थियो ।

यो भाइरसले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवालाई नै ठप्प बनाएको थियो । त्यस्तै, फ्रान्समा रेनोको फ्याक्ट्रीको काममा पनि बाधा पुर्याएको थियो । वान्ना क्राई भाइरसले करीब ४ अर्ब डलर नोक्सान गरेको थियो । ल्यापटपमा रहेको अर्को खतरनाक भाइरस ब्ल्याक इनरी हो । यसले युक्रेन र त्यसनजिकका क्षेत्रमा पावर ग्रिडलाई नै बन्द गरिदिएको थियो ।

ल्यापटपमा ‘आई लभ यू भाइरस’ पनि

सामसुङको यो ल्यापटपमा तीव्र गतिमा फैलिने ‘माइ डूम’ नामको भाइरस पनि छ । यो भाइरसको आक्रमण सन् २००४ मा भएको थियो । यो भाइरस आक्रमणको पछाडि रुसी ईमेल स्पेमर्सको हात रहेको बताइएको छ । ल्यापटपमा ‘आई लभ यू भाइरस’ पनि छ जसले सन् २००० मा ५ लाखभन्दा बढी कम्प्युटर सिस्टमलाई प्रभावित बनाएको थियो । यो भाइरसले उक्त कम्प्युटरसम्म पुग्न ईमेल र फाइल सेयरिङ सर्भिसलाई माध्यम बनाएको थियो । यसबाहेक ल्यापटपमा ‘सोबिग र डार्कटकिला भाइरस’ पनि छन् ।

अब असर पुर्याउँदैनन् ल्यापटपका भाइरस

कुओ र साइबर सुरक्षा कम्पनी डी इन्स्टिंक्टका अनुसार यो ल्यापटपमा भएका भाइरसबाट अब कुनै पनि किसिमको खतरा छैन । यसको लागि ल्यापटपलाई एयर ग्याप्समा राखिएको छ । अर्थात्, यसलाई सीधै कुनै पनि इन्टरनेटमा जोडिएको छैन भने अन्य इन्टरनेटसँग जोडिएका कुनै पनि डिभाइससँग यसलाई कनेक्ट गरिएको छैन । त्यस्तै, खरीदकर्तालाई यो ल्यापटप बेच्नुभन्दा अगाडि यसको इन्टरनेट क्यापेबिलिटी पनि डिसेबल गरिने बताइएको छ । अर्थात् अब यो ल्यापटपमा इन्टरनेट चलाउन सकिने छैन ।

The post विश्वको सबैभन्दा खतरनाक भाइरस भएको ल्यापटपको भयो अनलाइन लिलामी appeared first on Nepalpati.com – News Portal from Nepal, Politics, Business, Science, Social, Sport, Ecomony, Entertainment, Movie, Nepali Model, Actor, Actress, Interview.

Read original article on nepalpati.com

Back to top button
Close