Latest News from Terai Madhesh

बर्दिबास नगरपालिकाको गेटमै बम फेला

महोत्तरी , जेष्ठ १३ गते : महोत्तरीको बर्दिबास नगरपालिकाको मूल गेटमै कुकर बम फेला परेको छ । बम रहेको थाहा पाएपछि प्रहरी घटना स्थल पुगिसकेको बुझिएको छ ।

बम राखिएको ठाउँमा प्रहरीले घेरा हालेर बसेका छन् । सर्वसधारणलाई बम भएको स्थलमा जान दिएका छैन । बम डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थल पुग्दैछ ।

अढाई लिटरको कुकरमा एउटा मोबाइल राखेर कनेक्ट गरिएको देखिन्छ । आज विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । सोही कारण विप्लव समूहले नै बम राखेको अनुमान गरिएको छ ।

The post बर्दिबास नगरपालिकाको गेटमै बम फेला appeared first on Janakpur Today.

Read original article on ejanakpurtoday.com

Loading...

Arun Sah Web Hosting