Latest News from Terai Madhesh

धनुषामा ट्रयाक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम ,जेष्ठ ११ गते : जनकपुर–ढल्केवर सडकखण्डमा शनिबार बिहान ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। ढल्केवरबाट जनकपुर आइरहेको ज.१ त.३५३० नम्बरको उक्त ट्रयाक्टरले विपरीत दिशातर्फ गइरहेको ज१२प ५०३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

मोटरसाइकल चालक मिथिला नगरपालिका ७ का ३२ बर्से लक्ष्मण यादवको मृत्यु भएको धनुषा ट्राफिकले जनाएको छ। उनको उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

The post धनुषामा ट्रयाक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु appeared first on Janakpur Today.

Read original article on ejanakpurtoday.com

Loading...

Arun Sah Web Hosting