मुख्य समाचारसिराहा समाचार

सिरहा : बस दुर्घटना हुँदा दुईको मृत्यू ,१० गम्भीर घाईते

सिरहा ,जेष्ठ १० गते : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहोको कर्जन्हा नगरपालिका १० मा बस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भइ दुई जनाएको मृत्यु भएको छ ।

बसका यात्रु झापाको जलपल नगरपालिक ७ का ४३ वर्षीय मदन कुमार उप्रेतीको र बस चालक भोजपुरका अन्दाजी ४१ वर्षीय हरिरण पहेलीको मृत्यू भएको हो । उपचारको क्रममा दुवै जनाको मृत्यू भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

उनका अनुसार उक्त दुर्घटनामा करिब २७ जना घाईते भएका छन् । जसमध्ये १० जनाको अवस्था गम्भिर छ । गम्भिर घाइते भएकाहरुलाई थप उपचारका लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र विराटनगर पठाईएको डिएसपी खनालले बताए ।

घाइते मध्ये १७ जनाको फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हा र मंगलम् हेल्थ केयर मिर्चैयामा उपचार भईरहेको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक बिकु नारायण काशिछवाले बताए ।

झापाबाट काठमाण्डौंका लागि छुटेको ना ८ ख ९८२ नम्बरको प्राइम बस गोरुको साढेलाई जोगाउने क्रममा बिपरीत दिशाबाट जादै गरेको ना ३ ख ४२६४ नम्बरको ट्रकमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

The post सिरहा : बस दुर्घटना हुँदा दुईको मृत्यू ,१० गम्भीर घाईते appeared first on Janakpur Today.

Read original article on ejanakpurtoday.com

Back to top button
Close