Latest News from Terai Madhesh

प्रदेश २ को नाम र राजधानीबारे प्रदेशसभामा बहस

प्रदेश २ को नाम र राजधानीबारे प्रदेशसभामा बहस

जनकपुर ।
प्रदेश नं. २ को प्रदेशसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच प्रदेशको नामाकरणलाई लिएर बहस भएको छ ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम मिथिला भोजपुरा हुनुपर्ने बताएका छन् भने सत्तारुढ राजपाका प्रदेशसभा सदस्यहरुले मधेश आन्दोलनको बलमा सरकार निर्माण भएकोले प्रदेशको नाम मधेश हुनुपर्ने अडान लिएका छन् ।
सदनमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवले प्रदेशसभा शुरु भएको १६ महिना बितिसक्दा पनि प्रदेशको नामाकरण, भाषा र राजधानी नोतोकिनु खेदजनक भएको बताए ।
पटक–पटक मुख्यमन्त्री तथा मन्त्रीहरुलाई यसको प्रस्ताव ल्याउन आग्रह गर्दा समेत अहिलेसम्म प्रस्ताव ल्याउन नसक्नु सरकारको निकम्मापन भएको उनले बताए ।
प्रदेशसभा सदस्य यादवले राजा जनकको प्राचिन राजधानी रहेकाले मिथिलालाई नजरअन्दाज गर्न नसकिने भन्दै भोजपुरी भाषीहरुको सम्मानका लागि प्रदेशको नाम मिथिला भोजपुरा राख्नुपर्नेमा जोड दिए ।
सत्तारुढ राजपाका प्रदेशसभा सदस्य सुरिता साहले मधेश आन्दोलनकै बलमा प्रदेश सरकारको निर्माण भएकोले प्रदेशको नाम मधेशभन्दा उपयुक्त अन्य कुनै हुन नसक्ने बताइन । उनले भाषाको सवालमा हिन्दीलाई प्रदेशको सम्पर्क भाषाको रुपमा राख्न सुझाव दिइन् ।
प्रदेशसभाको विशेष समयमा समाजवादी पार्टीकी सांसद चमेली देवी दासले सरकारले प्रतिपक्षीलाई मात्र सुन्ने गरेको आरोप लगाइन् । ‘प्रदेश सरकार विपक्षीकै कुरा सुनेर चलिरहेको छ । सत्तापक्षको कुरा सुन्दै सुन्दैन्,’ उनले भनिन् ।
संघीय सरकारको कार्यविधी अनुरुप नै प्रदेश सरकारले पनि जनता आवास कार्यक्रम लागू गरेकाले त्यसमा संशोधन गर्न उनले माग गरिन् ।
उनले जनता आवास कार्यक्रम अहिलेसम्म कार्यन्वयनमा नआएको भन्दै गरिब तथा दलित जनता कहिलेसम्म घरबिहीन भएर बस्ने भन्दै प्रश्न गरिन् ।
राजपा सांसद रानी शर्मा तिवारीले सदनमा उठाएका प्रश्नहरुको सरकारको तर्फबाट कहिल्यै जवाफ नआएको बताइन् । ‘सदनमा हामीले पटक–पटक यी कुरा दोहोर्याउँदै आएका छौँ तर आजसम्म यसबारे केही भएको छैन,’उनले भनिन् ।
-shilapatra

Read original article on ratoghar.com

Loading...

Arun Sah Web Hosting