Latest News from Terai Madhesh

इन्डियन एयर फोर्सले आफ्नै हेलिकप्टर खसालेको पुष्टी

एजेन्सी । भारतीय वायु सेनाले श्रीनगर एयर बेसका एयर अफिसर कमान्डिङ (एओसी)लाई हटाएको छ । श्रीनगर नजिकै २७ फेब्रुअरीमा एमआई–१७ हेलिकप्टर क्रयास मामिलामा सो वरिष्ठ अधिकारीलाई हटाइएको हो ।

यो घटनालाई लिएर कोर्ट अफ इन्क्योरी चलिरहेको छ । हालसम्म अन्तिम रिपोर्ट आएको छैन । यसबारे भारतीय वायु सेनाले प्रतिक्रिया दिन अस्वीकार गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

२७ फेब्रुअरीमा भारत र पाकिस्तानको जेट एक अर्काविरुद्ध अपरेशनमा सामेल थिए । रुस निर्मित एमआई–१७ हेलिकप्टर क्रयास हुँदा हेलिकप्टरमा सवार सबै ६ जनाकै मृत्यु भएको थियो । भारतीय वायु सेनाले गल्तीले आफ्नै मिसाइलबाट हेलिकप्टर खसालेको थियो ।

यो घटना आपराधिक मुद्दा चलाउने कुरा चलिरहेको छ । तर भारतीय वायुसेनाले यसमा कुनै पनि सहानुभूति नदेखाउने बताएको छ । प्रारम्भिक अनुसन्धानमा थाहा भएको छ कि यो घटनामा कैयौं गल्ती भएका छन् ।

अपरेशनका क्रमाम एयर ट्राफिक कन्ट्रोलले हेलिकप्टरलाई फिर्ता बोलाएको थियो । त्यतिबेला भारत र पाकिस्तानबीच हवाई तनाव चरम उत्कर्षमा थियो । यस्तो अवस्थामा हेलिकप्टरलाई कुनै सुरक्षित स्थानमा नलगेर ठूलो मानवीय त्रुटी भएको निष्कर्षमा अधिकारीहरु पुगेका छन् ।

The post इन्डियन एयर फोर्सले आफ्नै हेलिकप्टर खसालेको पुष्टी appeared first on Nepalpati.com – News Portal from Nepal, Politics, Business, Science, Social, Sport, Ecomony, Entertainment, Movie, Nepali Model, Actor, Actress, Interview.

Read original article on nepalpati.com

Loading...

Arun Sah Web Hosting