मधेश बिशेषमहोत्तरी समाचारमुख्य समाचार

महोत्तरी : बिहेको ८ दिन अगाडीनै रुखमा झुण्डिएको अवस्थामा युवक मृत फेला

धर्वेन्द्र कुमार यादव

महोत्तरी , जेष्ठ ७ गते । महोत्तरी जिल्लाको भंगहा नगरपालिका स्थित मेगनाथ गोर्हना – ७ निबासी जयनारयण महराको २२ वर्षीय छोरा सुबोध कुमार महरा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

घर भन्दा ५ सय मिटर पश्चिम दिशामा रहेको रुखमा झुण्डिएको अवस्थामा मंगलबार करिव ५ बजे बिहान तिर स्थानीय र नजिकमा रहेको बोर्डिंग स्कूलका विधार्थीहरुले मान्छेलाई रुखमा पासो लगाई आत्महत्या गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घरायसी विवादका कारण महराले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृतक राम केहि दिन याता मात्रै बैदेशिक रोजगारबाट घर फर्केका थिए ।

मृतक रामको यहि आउदो जेष्ठ १५ गते औरही नगरपालिका ७ निवासी जयनारायण महराको छोरी संग बिहेहुने भएको थियो ।

मृतकको शव पोस्टमार्टमका लागि महोत्तरी जिल्ला अस्पताल लगिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ ।

The post महोत्तरी : बिहेको ८ दिन अगाडीनै रुखमा झुण्डिएको अवस्थामा युवक मृत फेला appeared first on Janakpur Today.

Read original article on ejanakpurtoday.com

Back to top button
Close