Latest News from Terai Madhesh

जनकपुरका एक युवकले फेसबुक मार्फत किशोरीलाई फकाएर गरे बलात्कार

file photo

काठमाडौं , जेष्ठ ७ गते : जनकपुरका एक युवकले फेसबुक मार्फत एक किशोरीलाई फकाएर बलात्कार गरेको रहस्य सार्वजनिक भएको छ ।

धनुषाको जनकपुरस्थित शिव चोकका २४ वर्षीय उत्सव गुप्ताले ललितपुरको १५ वर्षीय किशोरीलाई बलात्कार गरेका हुन् । उनले फेसबुकमार्फत किशोरी फकाए । त्यसपछि भेट्न बोलाएर मोटरसाइकलमा राखी अपहरण गरे । ति किशोरीलाई गुप्ताले ६ दिनसम्म बन्धक बनाएर पटक पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

किशोरी बेपत्ता भएपछि प्रहरीले खोजविन सुरु गरेका थिए । गुप्ताले प्रहरी खोज्न थालेको खबर पाएपछि युवतीलाई महालक्ष्मी स्थानमा छाडेर फारर छन् । गुप्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत सातदोबाटोका डीएसपी गौतम मिश्रले सोमबार बालिका अपहरण तथा करणीको उक्त घटनाबारे महालक्ष्मी मावि नखिपोटको ९ कक्षामा अध्ययनरत विद्यार्थीलाई सुनाएका थिए । दुई महिनाअघि किशोरीलाई गुप्ताले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएका थिए ।

The post जनकपुरका एक युवकले फेसबुक मार्फत किशोरीलाई फकाएर गरे बलात्कार appeared first on Janakpur Today.

Read original article on ejanakpurtoday.com

Loading...

Arun Sah Web Hosting