Latest News from Terai Madhesh

हथियार सहित एक जना पक्राउ

राकेश यादव

रौतहट , जेष्ठ ६ गते : रौतहट जिल्लाको राजपुर नगरपालिका वड़ा नम्बर १ बहुअर्वाबाट प्रहरीले हथियार सहित एकजनालाइ पक्राउ गरेका छन ।

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक रामनरेश यादवको नेतृत्वमा खटि गएको टोलीले घरेलु हथियार सहित स्थानीय महमद देवानको ५६ वर्षीय छोरा अव्दुल्लाह देवानलाइ पक्राउ गरेको हो ।

देवानको घर खनतलासी गर्दा सुत्ने कोठाको ओछ्यानको सिरानी मुनि लुकाई राखेको अबस्थामा गोली फिट हुने घरेलु हतियार फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका देवानलाइ नियंत्रणमा लिई थप अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

The post हथियार सहित एक जना पक्राउ appeared first on Janakpur Today.

Read original article on ejanakpurtoday.com

Loading...

Arun Sah Web Hosting