Latest News from Terai Madhesh

नक्कली शिक्षकविरुद्ध मुद्दा दायर

रौतहट , जेष्ठ ६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका एक महिला शिक्षकमाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । रौतहटको महेशपुर ५ स्थित प्राथमिक विद्यालय फतुहामा कार्यरत महिला शिक्षक आरती कुमारी मल्लिकविरुद्ध मुद्दा दायर गरेको हो ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षण पेशामा नियुक्ति लिएको रहस्य खुलेपछि महिला शिक्षक मल्लिकविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

एनका अनुसार मल्लिकले स्कूल परीक्षा बोर्ड, विहार पट्नाबाट हाइस्कुल तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति भई लाभ लिईरहेकी थिईन् । प्रदेश २ का आठ जिल्लामा हजारौं शिक्षक नक्कली प्रमाणपत्र पेश गरी जागिर खाइरहेको स्रोतको दावी छ । कतिपय शिक्षक यसअघि पनि कारबाहीमा परिसकेका छन् ।

The post नक्कली शिक्षकविरुद्ध मुद्दा दायर appeared first on Janakpur Today.

Read original article on ejanakpurtoday.com

Loading...

Arun Sah Web Hosting