Latest News from Terai Madhesh

गर्भवती किशोरीलाई मारेर उनको पेट चिरी गर्भको शिशु चोरी !

शिकागो (एजेन्सी)। अमेरिकाको शिकागोमा गर्भभित्रको शिशु चोरी भएको आश्चर्यजनक घटना सार्वजनिक भएको छ । अभियुक्तहरुले एक गर्भवती किशोरीको हत्या गरेर उनको पेट चिरेर गर्भको शिशु चोरी गरी फरार भएका थिए । बिहीबार प्रहरीले घटनाका संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । सिएनएनको समाचार अनुसार ती अपराधीहरुले महिलालाई हत्या गरेर र असुरक्षित तरिकाबाट हातैले बच्चालाई गर्भबाट निकालेका थिए ।

घटनामा प्रहरीले ४६ वर्षे क्लेरिसा फिग्युरोआ र उनको २४ वर्षे छोरी डजरीलाई पक्राउ गरेको छ । त्यस्तै क्लेरिसाकाको ४० वर्षे ब्याइफ्रेण्ड पायोट बोबक समेत हत्यामा सहयोग गरेको आरोपमा पक्राउ परेका छन् । प्रहरीका अनुसार घटनाबारे थाहा हुँदा १९ वर्षकी गर्भवती महिला मार्लेन ओचावा लोपेज तीन दिनदेखि हराइरहेकी थिइन् । प्रहरीले शंकाको आधारमा फिगुरोआको घरमा खाजतलास गर्दा उनको पछाडिपट्टि रहेको फोहोर फाल्ने डब्बाबाट महिलाको शव बरामद गरेको थियो ।

फिगुरोआले फेसबुकमा पोस्ट गरेको कपडा निःशुल्क दिने सूचना पोस्ट गरेकी थिइन् । यो सूचना देखेपछि ती किशोरी ओचावा आफ्नो घरभन्दा ४ माइल टाढा फिगोरोआको घर गएकी थिइन् । तर, त्यहाँ उनलाई हत्या गरी मृत शरीरबाट बच्चा झिकिएको थियो । त्यसको केही समयपछि उनले इमेरजेन्सीमा फोन गरेर सडकमा हिँडिरहेकी एक महिलाले आफ्नो घरमा बच्चा जन्माएको र अवस्था निक्कै नाजुक भएको भेकी थिइन् ।

स्वयमसेवी घटनास्थल पुग्दा शिशु निलो भइसकेका थिए । प्रहरीका अनुसार बच्चा बाँच्ने सम्भावना निक्कै कम छ । शिकागो प्रहरी प्रमुख एडी जोनसनले घटनाबारे भने, ‘यो एकदमै घृणित र डर लाग्दो घटना हो । पीडित परिवारलाई परेको पीडा सोच्न पनि सकिँदैन । बच्चा जन्मको खुसी मनाउने बेला तिनले आमा र बच्चाको मृत्युको सामना गर्नुपर्यो ।’

प्रहरीले फिग्युरोआ र लोपेजबीच फेसबुकमा भएको सम्वादका आधारमा उनीहरूमाथि हत्याको आशंका गरेको थियो । त्यसपछि प्रहरीले उनको घरको खोजतलासी गर्दा लोपेको मृत शरीर भेटिएको थियो । पछि गरिएको डीएनए परीक्षणले बच्चा लोपेजेको भएको पुष्टि भयो ।

Read original article on dcnepal.com

Loading...

Arun Sah Web Hosting