सिराहा समाचार

सिरहाको गोलबजारमा हात्तीले किच्दा वृद्धाको मृत्यु

लहान। जङ्गली हात्तीको आत्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ। चुरे जङ्गलबाट आएको हात्तीले किच्दा गएराति गोलबजार–१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वुद्धमाया मगरको मृत्यु भएको हो।

छिमेकीको घरबाट टिभी हेरेर सुत्न घर फर्किरहेका बेला एक्कासि अगाडि परेको हात्तीले किच्दा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नवीन घिमिरेले जानकारी दिए। हात्तीले गोलबजार–१ मुक्सारमा दुईवटा घरसमेत भत्काएको प्रहरीले जनाएको छ।

Read original article on dcnepal.com

Back to top button
Close