Latest News from Terai Madhesh

अफगानी पत्रकार मिनाको दिनदहाडै गोली हानी हत्या

काठमाडौँ । अफगानी टेलिभिजन प्रस्तोताबाट राजनीतिमा प्रवेश गरेकी मिना मंगलको राजधानी काबूलमा शनिबार दिनदहाडै गोली हानी हत्या भएको छ।

अफगानी राजनीतिज्ञ र महिला अधिकारकर्मीले उनको हत्याको सत्यतथ्यबारे छानबीन हुनुपर्ने माग गरिरहेका छन्।

मुख्य कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले पत्रकारको हत्यारा जसरी पनि पत्ता लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मङ्गलले हालसालै आफ्नो फेसबुकमा आफूलाई धम्की आइरहेको र आफ्नो ज्यानको सुरक्षाबारे डर लागिरहेको उल्लेख गरेको बीबीसीले जनाएको छ।

Read original article on dcnepal.com

Loading...

Arun Sah Web Hosting