Latest News from Terai Madhesh

भूमध्यसागरमा डुङ्गा पल्टिँदा ६५ जनाको मृत्यु

एजेन्सी । आप्रवासी बोकेको एक डुङ्गा भूमध्यसागरमा पल्टिँदा ६५ को मृत्यु भएको छ । संयुक्त राष्ट्रको शरणार्थी एजेन्सी(युएनएचसीआर)का अनुसार सो डुङ्गा अफ्रिकी मुलुक ट्युनिसिया नजिकैको सामुन्द्रिक तटमा पल्टिएको हो ।

युएनएचसीआरले जारी गरेको एक वक्तव्यमा दुर्घटनामा हालसम्म १६ जनालाई जीवित उद्दार गरि सकिएको छ । जीवित बचेका मानिसले बताए अनुसार डुङ्गा बिहिबार लिबियाबाट युरोपको लागि निस्किएको थियो । समुन्द्रमा समय समयमा उठ्ने ठूलो लहरको कारण सानो डुङ्गा पल्टिएको हुन सक्ने शंका गरिएको छ ।

युएनएचसीआरको तथ्याकं अनुसार यो वर्ष हालसम्म लिबियाबाट युरोप जाने क्रममा १६४ को मृत्यु भइसकेको छ ।पछिल्लो दुर्घटना यो वर्ष घटेको सबैभन्दा खराब दुर्घटना हो ।

दुर्घटनामा बचेका मानिसलाई ट्युनिसियाको नौसेनाले आफ्नो देशको तटमा लगेका छन् । ट्युनिसियाको रक्षा मन्त्रालयले घटना लगतै आफूहरु बचेकालाई उद्दार गर्न सक्रिय भएको बताएको छ ।

डुङ्गामा सवार अधिकांश अफ्रिकी नागरिक रहेका छन् । हरेक वर्ष हजारौं अफ्रिकी आप्रवासी भू–मध्य सागर पार गरेर युरोपतर्फ जाने कोसिस गर्छन् । यी मानिसको लागि लिबिया प्रमुख प्रस्थान विन्दू हुने गर्छ । तथापि सन् २०१७ को बीचतिरबाट आप्रवासीको यात्रामा उल्लेख्य कमी आएको छ ।

आप्रवासीले प्रयोग गर्ने डुङ्गा त्यति ठूलो नहुने हुँदा समुन्द्रको ठूलो लहरले नै पल्टाइदिन्छ ।

संयुक्त राष्ट्रको एक रिपोर्ट अनुसार सन् २०१८ मा भू–मध्य सागर पार गर्ने क्रममा प्रतिदिन ६ आप्रवासीको मृत्यु भएको थियो ।

The post भूमध्यसागरमा डुङ्गा पल्टिँदा ६५ जनाको मृत्यु appeared first on Nepalpati.com – News Portal from Nepal, Politics, Business, Science, Social, Sport, Ecomony, Entertainment, Movie, Nepali Model, Actor, Actress, Interview.

Read original article on nepalpati.com

Loading...

Arun Sah Web Hosting