सिराहा समाचार

सिरहामा छुरा प्रहार गर्ने २ जना पक्राउ

मुकेश यादव

सिरहा, वैशाख २७ गते । जनकपुर नगरपालिका-२१ घर भई हाल जिल्ला सिरहा लहान नगरपालिका- ८ मा डेरा गरी बस्ने नथलाल साहको छोरा २१ बर्षीय राजु कुमार साहलाई छुरा प्रहार गर्ने २ जनालाई बिहिवार साझँ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा
सिरहा लहान नगरपालिका- ८ का २० बर्षीय राजवावु पासवान र सोही स्थानका १९ बर्षीय
दिपेश यादव रहेका छन् ।

क्रिकेट खेल्ने क्रममा पुरानो रिसिविको कारण बादबिवाद
हुँदा लहान नगरपालिका- ७ शिव चोकमा राजु कुमारलाई
छुरा प्रहार गरी घाईते बनाएको अभियोगमा पासवान र यादवलाई नालामा फालिएको
छुरा सहित ईलाका प्रहरी कार्यालय लहान, सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । छुरा प्रहारबाट घाईते भएका
राजु कुमारको राउ स्मारक अस्पतालमा उपचार भईरहेको छ ।

The post सिरहामा छुरा प्रहार गर्ने २ जना पक्राउ appeared first on Janakpur Today.

Read original article on ejanakpurtoday.com

Back to top button
Close