Latest News from Terai Madhesh

अचानक घर भत्किदा चार महिने छोराको मृत्यू ,आमा-बुवा घाईते

रौतहट, वैशाख २७ गते । राजपुर नगरपालिका-८ बलुवागोठका राम लोचन रामको माटो र ईट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर अचानक भत्किदा एकै परिवारका २ जना घाईते हुनुका साथै १ बालकको मृत्यू भएको छ ।

बिहिवार राति अचानक
घर भत्कदा ४० बर्षीय राम लोचन राम र रामको ३५ वर्षीया श्रीमति मरछिया देबी घाईते भएका छन् ।
त्यस्तै घाइते राम लोचन रामकै ४ महिनाको
छोरा सन्तलाल रामको उपचारको क्रममा शुक्रबार(आज ) बिहान करिव साढे १ बजे गौर अस्पतालमा मृत्यू भएको रौतहट प्रहरीले जनाएको छ ।

विहीबार राति करिव साढे
९ बजे घर भत्कदा पुरी घाईते भएका तिनै जनालाई ईलाका प्रहरी कार्यालय राजपुर, रौतहटवाट
खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा उद्दार गरी उपचारको लागि गौर अस्पताल तर्फ
पठाएको थियो ।

The post अचानक घर भत्किदा चार महिने छोराको मृत्यू ,आमा-बुवा घाईते appeared first on Janakpur Today.

Read original article on ejanakpurtoday.com

Loading...

Arun Sah Web Hosting