देशसप्तरी समाचार

सप्तरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

सप्तरी,बैशाख २५ गते :सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा आज सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–५ वनरझुलाका रन्जितकुमार रायको नौ महीने छोरी प्रियाकुमारी राय रहेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो । स्थानीय दिनेशकुमार राय (ठूलो बुबा)को घर आँगनमा खेल्ने क्रममा दुलोभित्र बालिकाले दाहिने हात हाल्दा विषालु सर्प गोमनले उनलाई टोकेको थियो ।

सर्पका टोकाइबाट गम्भीर घाईते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

The post सप्तरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु appeared first on Janakpur Today.

Read original article on ejanakpurtoday.com

Back to top button
Close