Latest News from Terai Madhesh

सिरहामा लागु औषध अड्डाका ३ जना पक्रउ

मुकेश कुमार यादव

लहान , बैशाख २१ गते।सिरहाको बिभिन्न ठाउँ वाट दिनहु लागु औषध भेटन थालेको छन ।
सिराहाको भगवानपुर गाउँपालिका वडा नम्वर १ स्थित हुलाकी सडक खण्डमा देश भारत जिल्ला मधुबनी जिल्ला ग्रामपञ्तायत माधवपुर बस्ने बर्ष १७ को उज्वल कुमार यादब र एसै माधवपुर बस्ने बर्ष १८ को शिबम कुमार साहको साथबाट अबैध लागु औषध डाइलेक्सडिसी १०० एम.एल. २० बोतल फेला परेको छन।

त्यस्तै सिराहा नगरपालिका वडा नम्वर १७ (पटेर्वा) स्थित कच्ची सडकखण्डमा इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी गस्ती टोलीले मोटरसाईकल सहित एक जनालाई पक्रउ गरेका छन ।

मिर्चैया नगरपालिका वडा नं. ३ बस्ने बर्ष २६ को सुनिल यादबले चलाउँदै गरेको ज. ९ प १५७४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा अवैध लागु औषध डाइलेक्स डिसी १०० एम.एल. ४९ बोतल फेला पारेका छन निज व्यक्तिहरुलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको जिल्ला अदालत सिराहाबाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता माधव राज खडेल वताएका छन ।

The post सिरहामा लागु औषध अड्डाका ३ जना पक्रउ appeared first on Janakpur Today.

Read original article on ejanakpurtoday.com

Loading...

Arun Sah Web Hosting