Latest News from Terai Madhesh

मलेरियाबाट बच्न निशुल्क झुल बितरण

सञ्जय महरा

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका वडा नं १ ले सबै घरधुरिलाई किटनाशकयुक्त झुल बितरण गरेकाे छ। वडाले आफ्ना नागरिकलाई गर्मी मौसममा लामखुट्टे लगायत मलेरिया जस्ता खतरनाक रोगहरुबाट बच्न झुल बितरण गरेको हो। तराईको बढ्दो तापमानमा आयोजना गरिएको झुल बितरण कार्यक्रममा सहभागिता जनाउन वडाबासीको बाक्लो उपस्थिति रहेको थियो ।

कल्याणपुर नगरपालिका वडा नं १ का अध्यक्ष तथा झुल बितरण कार्यक्रमका अध्यक्ष जयराम कामतीले वडाका ८ सय घरपरिवारलाई गर्मी मौसममा लामखुट्टे, उपियाँ जस्ता किटाणुबाट सर्ने रोग मलेरिया, औलो बाट बाच्न केही हदसम्म सहयोग मिल्ने उद्धेश्यका साथ झुल बितरण गरिएको बताए ।

झुल बितरण कार्यक्रमको प्रमुख अतिथि २ नं प्रदेशका वन उद्योग राज्यमन्त्री सुरेश मण्डलले उपस्थित वडा बासीलाई झुल बितरण गरेर उद्घाटन गरेका थिए ।

मन्त्री मण्डलले तराईमा गर्मी मौसममा उत्पन्न हुने मलेरिया लगायतका रोगहरुबाट बच्न कल्याणपुर नगरपालिका वडा नं १ ले आयोजना गरेको झुल बितरण कार्यको सराहना गरे । उनले जनताको साना साना आवश्यकतालाई नगरपालिकाले प्रमुखताका साथ पुरा गर्नुपर्ने बताए ।

कार्यक्रममा कल्याणपुर नगरका मेयर सुर्यनाथ मण्डल, निमित्त प्रशासकिय अधिकृत बद्री नारायण यादबको उपस्थिती रहेको थियो ।

Read original article on dcnepal.com

Loading...

Arun Sah Web Hosting