Latest News from Terai Madhesh

धनुषाका एक बलात्कृत बालिकाको स्वास्थ्य विग्रियो

टुडे समाचारदाता

जनकपुरधाम,बैशाख १९ गते। धनुषाका एक बलात्कृत बालिकाको स्वास्थ्य अवस्था विग्रेको छ । क्षिरेश्वर नगरपालिका ५ आदर्श नगरकी बलात्कृत बालिकाको स्वास्थ्य विग्रेको हो । स्वास्थ्य विग्रेपछि उनलाई उपचारका लागि बुधवार राति जनकपुर ल्यायो । जनकपुर अंचल अस्पतालमा बालिकाको भर्ना गराएको पीडित परिवारले जनाएको छ । पारिवारिक स्रोतका अनुसार १४ बर्षिया ति बालिका बलात्कार भएदेखि खाना समेत राम्ररी खान पाएकी छैन । साथै रक्तस्राव समेत भएपछि स्वास्थ्य विग्रेको छ ।

आईतवार मध्यान्ह् १२ बजे आफ्नै घरमा बालिका पढिरहेका बेला छिमेकी राजकुमार साहले बलात्कार गरेको थियो । गाउले नामा काका पर्ने साह पक्राउ परिसकेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेका साहलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको छ ।

स्थानीयले घटना मिलापत्र गराउने प्रयास समेत गरेका थिए । तर केहि व्यक्तिले घटनाबारे प्रहरीलाई खबर दिएपछि मिलापत्रको प्रयास असफल भएको थियो । स्थानीय दुधमती यूवा क्लवका अध्यक्ष सितेश झाले बालिका बलात्कार गरेका साहलाई कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

The post धनुषाका एक बलात्कृत बालिकाको स्वास्थ्य विग्रियो appeared first on Janakpur Today.

Read original article on ejanakpurtoday.com

Loading...

Arun Sah Web Hosting