Latest News from Terai Madhesh

कुवेतमा अबैध रुपमासंगै बस्दै आएकी नेपाली युवती माया गुरुङले गरिन नेपाली युवकको छुरी रोपेर हत्या

काठमाडौं । कुवेतमा एक नेपाली युवतीले नेपाली युवककै हत्या गरेकी छन् । चार वर्षदेखि अवैध रुपमा सँगै बस्दै आएकी नेपाली युवती माया गुरुङले एउटै कोठामा ’लिभिङ टुगेदार’को रुपमा वस्दै आएका तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी हुन् ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार प्रहरीले अनुसन्धानका लागि माया गुरुङलाई पक्राउ गरेको छ । विकको शवलाई पोष्टमार्टमका लागि फरेन्सिक विभागमा लगिएको छ ।

‘घटनाको विस्तत विवरण आइसकेको छैन । प्रहरीसँग थप विवरण लिने काम भइरहेको छ,’ दूतावासका एक अधिकारीले भने । उनीहरु कुवेतको मंगाफस्थित ब्लक–४ मा बस्दै आएका थिए । माया घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी थिइन् । उनी आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएको जनाइएको छ ।

उनीहरुबीच लामो समयदेखि आपसी विवाद भइरहेको नवराज पराजुलीले वताएका छन् । ‘खेम विकलाई छाती र पछाडि छुरा प्रहार भएको देखिन्छ ।

उनलाई सेतो कपडाले बेरेको अवस्थामा त्यही घरमा बस्दै आएका नेपालीहरुले देखेको हो,’ मंगाफमा बस्दै आएका पराजुलीले भने, ‘प्रहरीले थप अनुसन्धानका लागि उक्त घरमा बस्दै आएका २० जनालाई पक्राउ गरी लगेको छ । अधिकांश अवैध रुपमा वस्दै आएका थिए ।’

Read original article on etajakhabar.com

Loading...

Arun Sah Web Hosting